यातायातको भाडा बढ्यो तर दूरी कायम भएन

 मङ्लबार, कार्तिक ४, २०७७ | onlinenews
Share this

४ कार्तिक, रामेछाप– सरकारले सवारी साधनलाई दूरी कायम गरेर सञ्चालन गर्न अनुमति दिएको छ । यातायातमा एक सिटमा एक जनामात्र यात्रु बोक्नु पर्ने र त्यस वापत भाडा ५० प्रतिशतले बृद्धि गरेको छ । सरकारको निर्णय अनुसार सवारी साधानहरुले यात्रुसँग भाडा ५० प्रतिशत बढाएर लिने गरेको छ तर सवारी साधनभित्र दुरी भने कामय गराएका छैनन् ।
एक सिटमा एक जनामात्र यात्रु राख्नुपर्ने नियम लागू गरिए पनि साना तथा ठूला यातायात ब्यवसायिहरुले खचाखच यात्रु बोकिरहेका छन् । यात्रु सवारी धानको सिटमा मात्र खचाखच नभई छतमा समेत टनाटन बोक्ने गरेका छन् ।
सवारी साधनभित्र सीमित यात्रु दुरी कायम गरेर बोक्ने शर्तमा सरकारले यातायातको भाडामा ५० प्रतिशत बृद्धि गरे पनि यातायात ब्यवसायिले सो नियमको पालना गरेको पाइदैन । यात्रुसँग भाडा ५० प्रतिशत बृद्धि गरेर लिएका छन् तर यातायातभित्र सामाजिक दुरी भने कायम गराएका छैन ।
प्रहरी चेकिङ्ग नजिक आएपछि सावारी साधनभित्र सीमित यात्रु मात्र राखेर हिडाइन्छ र चोकपोष्ट कट्न वित्तिकै पुनः यात्रुहरु खचाखच हुने गरि चढाउने गरेको पाइएको छ । सरकारले लागू गरेको नियमलाई सम्बन्धित निकायले कडाइका साथ लागू गर्न नसक्दा यात्रुहरु ठग्गिइरहेका छन् ।

Share this

प्रतिकृया

Add