इण्डियन प्रिमियर लिगमा मुम्बइको शानदार जित

 शनिबार, कार्तिक १५, २०७७ | onlinenews

काठमाडौं– इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटलमाथि ९ विकेटको जित हात पारेको छ । आइपीएल १३ मा मुम्बईको यो नवौं जित हो भने दिल्लीको छैटौं हार हो ।
बलिङमा उम्दा प्रर्दशन गर्दै दिल्लीलाई ११० रनमा समेटेको मुम्बईले ब्याटिङमा पनि शानदार खेल देखायो । १५औं ओभरमा मात्र एक विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि इशान किशनले नटआउट ७२ रन बनाए । उनले क्विन्टन डिककसँग मिलेर राम्रो सुरुवात गरेका थिए ।
पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेर डिकक व्यक्तिगत २६ रनमा आउट भए । तर इशानको शानदार प्रदर्शन कायमै रहृयो । ३७ बलमा अर्धशतक पूरा गरेका उनले १५औं ओभरको दोस्रो बलमा छक्का हानेर मुम्बइलाई जित दिलाए ।
यसअघि जसप्रित बुमराह र ट्रेन्ट बाल्डको बलिङमा मुम्बई, दिल्लीमाथि हावी भएको थियो । टिल्लीको टिम इनिङभर रन जोड्न संघर्षरत रहे र २० ओभरमा ९ विकेट गुमाएर ११० रन जोड्न सक्यो । उसका कप्तान श्रेयस अथ्यरले २५ र ऋषभ पन्तले २१ रन बनाए । मुम्बईका लागि बुमराहले १७ रन दिएर ३ तथा बोल्टले २१ रन दिएर ३ विकेट लिएका थिए ।

प्रतिकृया

Add