गौश्वार वडाकप अन्तर्गत भोली सेमिफाइनका खेल हुने

 शनिबार, कार्तिक १५, २०७७ | onlinenews

रामेछाप– दोरम्बा गाउँपालिका वडा नम्बर ४ गौश्वाराले आयोजना गरेको वडाकप फुटबल प्रतियोगितको क्वाटर फाइनका खेल सकिएको छ । आइतबार सेमिफाइनका खेलहरु हुने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा विभिन्न जिल्लाहरुबाट गरि ३७ टिम खेलाडीहरुको सहभागिता रहेको छ ।


यही महिनाको ११ गतेबाट सुरु भएको प्रतियोगिताको सेमिफाइनलका खेलहरु आइतबार हुँदैछ । प्रतियोतिामा प्रथम हुनेले १ लाख रुपैयाँ नगर प्राप्त गर्नेछन् । त्यसैगरी द्धितीय पुरस्कार ७५ हजार रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ र सान्त्वना पुरस्कार २० हजार रुपैयाँ रहेको छ । खेल दोरम्बा गाउँपालिका–४ पासेबनमा सञ्चालन भइरहेको छ ।

प्रतिकृया

Add