प्रस्तावित राजदूतको सुनुवाइ आज पनि हुँदै

 बुधबार, चैत्र ९, २०७३ | onlinenews

चैत्र ९ । संसदको सुनुवाइ विशेष समितिले विभिन्न ५ मुलुकका लागि प्रस्तावित राजदूतको आज पनि सुनुवाइ गर्दैछ । सिंहदरवारमा बिहान १० बजेपछि बस्ने बैठकमा समितिले श्रीलंका, बहराईन, बंगलादेश, म्यानमार र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतमाथि सुनुवाइ गर्ने छ । सरकारले श्रीलंकामा विश्वम्भर प्याकुरेल, बहराईनमा पदम सुन्दास, बंगलादेशमा चोपलाल भुषाल, म्यानमारमा भीमकृष्ण उदास र साउदी अरेबियामा महेन्द्रप्रसाद सिंह राजपुतलाई सिफारिस गरेको छ । व्यवस्थापिका संसद बैठक अपरान्ह तीन बजेका लागि बोलाइएकाले समितिले आजै प्रस्तावित नाम अनुमोदन गर्ने नगर्ने बारे निर्णय गर्नेछ । समितिले हिजो र अस्ति दुई दिन अष्ट्रेलिया, ओमान, कतार, इजराएल, डेनमार्क, जापान र कोरियाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सम्पन्न गरिसकेको छ ।

प्रतिकृया

Add