तरूण दलमा गुण्डागर्दि छैन

 शनिबार, मंसिर ६, २०७७ | onlinenews


अध्यक्ष
नेपाल तरुण दल रामेछाप, खाडाँदेवि गाउँपालिका


सामथ्र्य, आँट, जोस, जागर, हिम्मत, सीप र तातो रगतले भरिएको, पारिवारिक व्यवसायिक र सामाजिक भूमिका बहन गर्न सक्ने आफ्नो स्वार्थ भन्दामाथि उठेर देश, जनता र समाजका निम्ती समर्पित भै राष्ट्र निर्माणका लागि तत्पर हुने साबै तन्नेरी युवा र बयस्कहरु नै तरुन हुन् । तरुन भनेको एउटा व्यक्ति होइन, समाजको भविष्य हो ।
नेपाली समाजको राजनीतिक, साँस्कृतिक, आर्थिक, शैक्षिक, सामाजिक विकास गर्ने र अन्याय (अत्याचार विरुद्द लड्न, भ्रष्टाचार, अनियमितता, सामाजिक कुरिती र अन्धविश्वासको जड समाप्त पार्न साथसाथै राष्ट्र निर्माण र विकाशका लागि तरुण दलको भूमिका अपरिहार्य रहेको छ । नेपालको हरेक राजनीतिक परिवर्तनको आन्दोलनमा तरुण दलको अहम भूमिका रहेको छ ।
पछिल्लो समयमा तरुणहरु हरेक सामाजिक कार्यमा लागिपरिरहेका छन् । उनीहरुले आफ्नो उर्जावान समय सामाजिक कार्यको लागि गाउँ घरमानै खर्च गरिरहेका छन् । अहिलेको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त र अपराधिलाई मात्र संरक्षण दिइरहेको अवस्थामा गाउँमा भएको विकास निर्माणको नाममा भ्रष्टाचार र अनियमितता विरुद्द बुलन्द आवाजका साथ बिरोध जनइरहेको छ । यस्तो अवस्थामा तरुणहरुको बड्दो आकर्षणले गर्दा स्थानीय सरकार तरुणहरुमाथि गिद्दे नजर लगइरहेका छन् । हरेक ठाउँमा विकास निर्माणको नाममा भइरहेका अनियमितता विरुद्द आवाज उठाउदा तरुणदल जस्तो निष्ठावान सङ्गठनमाथि गुन्डागर्दीको आरोप लगाइरहेका छन् । जुन व्यक्ति आफ्नो शहरी जिवन सुखसयल छाडेर आफ्नो जवानी र उर्जाशील समय समाजको सर्वाङ्गिण विकाशको निम्ति गाउँको सेवामा तल्लिन रहन्छ, जसले समाजको निम्ती वड्दो आकर्षण अनि हरेक खालको विकासका गतिविधिमा पहरेदारि भूमिका खेलेको हुन्छ । जो आफ्नो स्वार्थ भन्दामाथि उठेर समाज र जनताको निम्ति अहोरात्र खट्छ त्यो व्यक्ति गुण्डा हुन सक्दैन ।

 

प्रतिकृया

Add