राजर्षि कप फुटबल आजदेखि सूरु हुँदै

 बुधबार, चैत्र ९, २०७३ | onlinenews

सर्लाहीको कर्मैयामा आजदेखि राजर्षि जनक कप फूटबल प्रतियोगिता सूरु हुँदैछ । बागमती युवा क्लबको आयोजनामा सूरु हुन लागेको प्रतियोगितामा राष्ट्रिय स्तरका ८ वटा क्लबले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले आज मध्यान्ह उद्घाटन गर्दैहुनुहुन्छ । प्रतियोगितामा सीएमजी संकटा, हिमालयन शेर्मा, नेपाल पुलिस क्लब, मनाङ्ग मरस्याङ्दी क्लब, सरस्वती युवा क्लब, नेपाल आर्मी क्लब, जावलाखेल युवा क्लब र सशस्त्र प्रहरी क्लबले सहभागिता जनाउने छन् । प्रतियोगिताको उद्घाटन खेलमा सीएमजी संकटा र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदै छ । यी दुई बीचको खेल दिउँसो ३ बजे बागमती युवा क्लबको खेल मैदान कर्मैयामा हुने छ । चैत १६ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले ४ लाख र उपबिजेताले २ लाख रुपैँया पुरस्कार पाउने छन् । त्यस्तै प्रतियोगिता भर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि नगद सहित सम्मान गरिने आयोगक बागमती युवा क्लबका सचिव किस्मत मैनालीले जानकारी दिनुभयो ।

प्रतिकृया

Add