नेपालका ७५ प्रतिशत अदक्ष कामदार वैदेशिक रोजगारीमा जान्छन्

 शनिबार, पुस ४, २०७७ | onlinenews

रामेछाप– वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरु मध्य ७५ प्रतिशत अदक्ष कामदारको रुपमा जाने गरेको बैदेशिक राजगार विभागको तथ्यांक छ । विना सीप वैदेशिक रोजगारीमा गएका श्रमिकहरु जोखिमपूर्ण काम गर्न बाध्य छन् । नेपाल सरकार र स्वीस सरकार बीच भएको दुई पक्षिय समझौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत निर्देशन र ३९ जिल्लाका १५६ वटा स्थानीय तहहरुमा स्थानीय सरकारको प्रत्यक्ष नेतृत्व र हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सञ्चालन हुदै अएको छ । सुरक्षित आप्रवासन परियोजनाको मूल उद्देश्य वैदेशिक रोजगारीलाई विश्वासिलो, भरपर्दो र सुरक्षित बनाउनु रहेको छ । सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारिमा जान इच्छुक महिला तथा पुरुषहरुलाई बैदेशिक रोजगारीको क्रममा हुन सक्ने शोषण, ठगी, जालसाजी र मानव बेचविखन जस्ता जोखिमहरुबाट कसरी सुरक्षित रहने र सोका लागि अपनाउनु पर्ने उपायहरुको वारेमा सूचना तथा परामर्श सेवा दिदै अएको छ । साथै सीप सिक्न चाहनेहरुलाइ निःशुल्क सीप तालिमका लागि र बैदेशिक रोजगारीको क्रममा समस्यामा परेकाहरुलाई समस्या समाधान र निस्शुल्क कानूनी सहायताका लागि सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय र सहजीकरण गर्दै आएको छ ।

बैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आ।ब। २०७६।०७७ सम्ममा नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या ५५ लाख ४२ हजार ८ सय ९५ रहेको छ । त्यस्तै रामेछाप जिल्लामा आर्थिक वर्ष २०६७।०६८ यता वैदेशिक रोजगारीमा जानेको संख्या ४३ हजार ७ सय ४१ रहेको छ । जसमा ३८ हजार ३ सय २८ पुरुष र ५ हजार ४ सय १३ महिला रहेका छन् । यो तथ्यांक वैधानिक रुपमा वैदेशिक रोजगारिमा जानेको मात्र हो । अवैध रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या पनि ठूलो हुनसक्ने अनुमान रहेको छ । २० औं अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा शुक्रबार मन्थलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा हेल्भेटास नेपालको सामी ९रामेछाप र सिन्धुपाल्चोक० कार्यक्रम अधिकृत भोजराज सुनुवारले सो कुरा जानकारी गराएका हुन्। ।
‘सीप र रोजगारः आर्थिक समृध्दिको आधार’ भन्ने मूल नाराका साथ २० औं अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको हो । आप्रवासी कामदार दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सामी रोजगार प्रर्वध्दन कार्यक्रमको जिल्ला परियोजना संयोजक सागर विक्रम बस्नेतले स्थानीय सरकारले वैदेशिक रोजगारीलाई भरपर्दो, विश्वनीय र सुरक्षित बनाउन जनचेतनामूलक कार्यक्रमलाई खासै चासो नदिएको बताए । सुरक्षित अप्रवासन कार्यक्रमलाई स्थानीय सरकारले अझै पनि आफ्नै कार्यक्रमको रुपमा अपनत्व लिन नसकेको उनको भनाई छ ।

जिल्लाका सबै पालिकाहरुमा सुरक्षित बैदेशिक रोजगार सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने कुरामा पालिकाहरु सकारात्मक भएता पनि स्थानीय तहहरुले स्वयं बजेट व्यवस्थापन गरि कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कार्यन्वयन गर्ने क्रममा सबै तयार नभएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए । कार्यक्रममा उपस्थित सबै सरोकारवालाहरुले सुरक्षित बैदेशिक रोजगार कार्यक्रम रामेछापका सबै स्थानीय तहहरुमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए तर पनि कार्यक्रम सञ्चालनको लागि पैसाको कुरा आएपछि सबै नगरपालिका र गाउँपालिकाहरुको बीचमा एकता हुन नसकेको कुरा नगर प्रमुख बस्नेतले बताए । त्यसैगरि स्थानीय तहहरुले के कत्ति रोजगारका अवसरहरु सिर्जना भए र कत्तिले रोजगार भए भन्ने सवालमा सबैले काम गर्ने हो भने मन्थली नगरपालिकामा बेरोजगार कोही पनि नभएको नगर प्रमुख बस्नेतले बताए । खेतबारी बाँझै राख्ने, ब्यवसाय सञ्चालन नगर्ने, नगरपालिकामा अनुदानको लागि मात्र देखावटी फार्म लिएर आउँने अनि कसरी सिर्जना हुन्छ रोजगार नगर प्रमुख बस्नेतले प्रति प्रश्न गर्दै भने । जो कृषक नै हैन, किसान नै हैन त्यस्ता ब्यक्तिहरु अनुदानको लागि नगरपालिकामा आउँछन् । अनुदान पाएपछि काम नै गर्दैन कसरी हुन्छ रोजगार उनले भने । सामी कार्यक्रमका रिटर्नी भोलेन्टिएरहरुले भने राम्रो काम गरेको नगर प्रमुख बस्नेतले बताए । जिल्लामा आत्महत्या गर्नेको संख्यामा बृद्धि भएको भन्दै मानसिक तनावमा रहेको ब्यक्तिको पहिचान गरि मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्न सकेमा मानिसलाई आत्महत्या गर्नबाट रोक्न सकिने भएकाले काउन्सिलिङमा जोड दिनुपर्ने उनले बताए । मन्थली नगरपालिका सहित कार्यक्रम संञ्चालन गरिरहेका सुनापति, दोरम्बा र उमाकुण्ड गाउँपालिकाले संयुक्त रुपमा अन्तर्किया कार्यक्रम आयोजनामा गरेका थिए ।

कृषि क्षेत्रमा सबैले काम गर्ने हो भने मन्थली नगरपालिकामा कोही पनि बेरोजगर हुनु नपर्ने नगरप्रमुख बस्नेतको भनाई छ । सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले आफ्नो गाउँपालिकामा प्रसस्त रोजगारीको अवसरहरु सिर्जना गरिएको बताए । गाउँपालिकाले कति जना ब्यक्तिका लागि रोजगारी सिर्जना गरेको भन्ने डाटा भने गाउँपालकासँग नरहेको पनि अध्यक्ष लामाले बताए । त्यसैगरी उमाकुण्ड गाउँपालका उपाध्यक्ष उर्मिला कार्कीले गाउँपालिकामा एकिन तथ्यांक नभए पनि स्थानीय सरकारले रोजगारीका अवसरहरु प्रशस्तै मात्रामा सिर्जना गरेको बताइन ।
दिवसको अवसरमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको सिघ्र स्वाथ्यलाभको कामना गर्दै मन्थलीस्थित देवकोटा चोकमा शुक्रबार साँझ दीप प्रज्वलन गरि दीपावली समेत गरिएको थियो । दीप प्रज्ज्वलन कार्यक्रमको उद्घाटन रामेछाप जिल्लाको जिल्ला समन्वय प्रमुख श्री प्रेम बहादुर खड्काले गर्नु भएको थियो । आप्रवासी कामदार दिवसको अवसरमा आयोजित कार्यक्रममा सामी परियोजना सञ्चालन भइरहेका चार वटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधहरु, प्रमुख जिल्ला अधिकारी, कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, पत्रकार र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add