रामेछापको समृद्धिको लागि संघीय र स्थानीय सरकारकोबीचमा पुलको काम गर्नेछुः प्रजिअ शर्मा

 मङ्लबार, पुस ७, २०७७ | onlinenews
Share this

रामेछाप– रामेछापको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले रामेछाप जिल्लाको समृद्धिको लागि आपूmले संघीय सरकार र स्थानीय सरकारकोबीचमा पुलको काम गर्ने बताएका छन् ।
जिल्लाको विकासलाई प्रभावकारी बनाउन स्थानीय सरकारसँग समन्वय गर्ने र जिल्लाको समृद्धिको लागि आपूm लागिपर्ने बताएका छन् । सोमबार रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेसँगै मंगलबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि जिल्लाको सेवा प्रवाहको अवस्था, शान्ति सुुक्षालगायत समग्र अवस्थाको बारेमा पत्रकारहरुसँग छलफल गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवालाई पनि सेवाग्राहीमैत्री बनाउने बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउँदा आवश्यक पर्ने निवेदनको नमूना बनाएर निवेदनमा सेवाग्राहीको नाम र ठेगाना मात्र भर्दा हुनेगरी सेवाग्राहीलाई निःशूल्क प्रदान गरिने बताएका छन् । लेखपढ गर्न नसक्ने सेवाग्राहीका लागि हेल्पडेस्क स्थापना गरेर प्रशासन कार्यालयबाटै निवेदन लेख्ने ब्यवस्था मिलाउनले पनि प्रजिअ शर्माले बताएका छन् ।


गतिलिन नसकेका जिल्लाका विकास निर्माणको कामलाई समेत स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढाउन पहल गर्ने प्रजिअ शर्माको भनाई छ । विकास निर्माणमा देखिएका गतिरोध अन्त्य साथै गुणस्तरीय विकास र प्रभावकारी अनुगमनका लागि पनि आपूmले स्थानीय सरकारहरुसँग समन्वय र सहकार्य गर्ने प्रजिअ शर्माले बताएका छन् ।
आपूm जन्मिएको जिल्ला हुनुको नाताले जिल्लाको समृद्धिको लागि स्थानीय सरकारहरुसँग समन्वय गर्दै नियम कानूनको पूर्णरुपमा पालना गरि आपूmले सकेको प्रयास गर्ने बताए । जिल्लाको उमाकुण्ड र दोरम्बाको शैलुङ्गलगायका सीमा विवादका विषयमा पनि आपूmले सम्बन्धित पक्षसँग समन्वय गरि समाधानको लागि पहल गर्ने बताएका छन् ।
कुनै दवाव र प्रभावमा नपरी रामेछाप जिल्लाको समृद्धि र विकासमा समन्वयकारी भूमिका निर्वाह गर्ने पनि प्रजिअ शर्माले प्रतिवद्धता जनाएका छन् । जिल्लामा सञ्चालित हाइड्रोपावरहरुलाई पनि थिति र विधिमा रहेर काम गराउने बताए ।

Share this

प्रतिकृया

Add