सरकारको विरुद्धमा नेपाली काँग्रेसको विरोध ¥याली

 सोमवार, पुस १३, २०७७ | onlinenews
Share this

रामेछाप– नेपाली काँगे्रस रामेछापले सरकारको विरुद्धमा विरोध ल्याली निकानेको छ । केपी ओली नेतृत्वको सरकारले संघीय संसद विघटन गरेर असंवैधानिक पदम चालेको भन्दै नेपाली काँग्रेस रामेछापले विरोध ¥याली निकालेको हो ।
मन्थलीको बिपी चोकबाट कोलो ब्यानरसहित निस्किएको जुलुसमा सहभागी कार्यकर्ताहरुको टाउँकोमा कालो रुमाल बाधेका थिए भने छात्तीमा नेपाली काँग्रेस जिन्दावाद, केपीवली मुर्दावाद, संसद विघटन खारेज गरजस्ता नाराहरु लेखिएको थियो ।


विपीचोकबाट निस्किएको विरोध ¥याली मन्थली बजार परिक्रमा गरि देवकोटा चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई संवोधन गर्दै नेपाली काँग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्काले २००७ सालबाट पुस १ गतेलाई कालोदिवसको रुपमा मनाउँदै आएको काँग्रेसले २०७७ सालवाट पुस ५ गतेलाई कालो दिवसको रुपमा मनाउने बताए ।
नेपालको संविधान २०७२ले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको भन्दै संसद विघटन गर्नु अवैधानिक कार्य गरेको नेता खड्काले बताए । नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानले देशमा संकट आएको बेला काँग्रेस जुरुक्कै उठेर नेपाली जनता, नेपालको संविधानको संरक्षण गर्ने बताए । संविधानको संरक्षण काँग्रेसले मात्रै गर्न सक्ने पनि सभापति न्यौपानले बताए ।

Share this

प्रतिकृया

Add