रासम रामेछापको सहयोगमा बेवारिस विरामीको उद्धार

 आइतवार, पुस १९, २०७७ | onlinenews
Share this

रामेछाप– घर तेह्रथुम जिल्ला र मोहन लिम्बु नाम बताउने एक बेवारिस विरामीको रामेछापका सहयोगी मनहरु समूहमा आवद्ध युवाहरुले उद्धार गरि उपचारको लागि काठमाडौं पठाएको छ ।
रामेछापको मन्थली बजारस्थित कटहरबोटको नजिक सडकमा अचेत अवस्थामा फेला परेका उनलाई रासमका युवाहरुले उद्धारा गरि दुई दिनसम्म तामाकोसी अस्पताल मन्थलीमा उपचार गराई थप उपचारको लागि काठमाडौं पठाएको हो ।
तामाकोसी अस्पतालमा भर्ना गरिएको विरामीको दुई दिनसम्म पनि होस नखुलेपछि थप उपचारको लागि काठमाडौंको बीर अस्पताल पठाइएको जय मानन्धरले जानकारी दिए ।

 
विरामीलाई खानेकुरा सर्किएको र दिमागमा चोट लागेकोजस्तो देखिएको तामाकोसी अस्पतालका डा. केशव सिं धामीले जानकारी दिए । छारे रोगजस्तो लक्षण पनि देखिएको डाक्टर धामीले बताए ।
स्थानीयले सडकमा एकजना बुढा बा ढलिरहेको छ भन्ने खबर गरेपछि नेपाल प्रहरी र रासमको टोलीले उनलाई उद्धार गरि तामाकोसी अस्पतालमा भर्ना गरिएको रासमका जय मानन्धरले बताए । दुई दिनसम्म पनि होस नआएपछि मन्थली नगरपालिकाको रोहबरमा विरामीलाई थप उपचारको लागि काठमाडौंको बीर अस्पताल पठाइएको मानन्धरले बताए ।
विरामीको आफन्त अहिलेसम्म कोही पनि फेला नपरेको र आफन्तको खोजी भइरहेको पनि उनले बताए । तेह्रथुम जिल्लामा पनि विरामीको फोटो पठाएर तेह्रथम जिल्ला र त्यहाँको स्थानीय सरकारसँग समन्वय गरि विरामीको आफन्त खोजी गर्ने काम भइरहेको पनि मानन्धरले जानकारी दिए ।

Share this

प्रतिकृया

Add