तीन प्रतिशत थ्रेसहोल्ड राख्दै दल सम्बन्धि विधेयक पारित

 बुधबार, चैत्र ९, २०७३ | onlinenews

९ चैत, काठमाडौं  । राज्य व्यवस्था समितिले साना दलको बिरोधका बीच ३ प्रतिशत थ्रेसहोल्ड सहित राजनीतिक दल सम्बन्धी विधेयक पास गरेको छ । प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक सांसद पाउँनको लागि अब कुनै पनि दलले समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनु पर्नेछ भने प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नको लागि प्रत्यक्षतर्फ १ सिट अनिवार्य जित्नुपर्ने ब्यवस्था गरिएको एमाले सांसद रामेश्वर फुयालले जानकारी दिए ।
कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाको संयोजकत्वमा रहेको उपसमितिले बुधबार बिहान तीन प्रतिशत थ्रेसहोल्ड र प्रतिनिधि सभापमा प्रतिनिधित्व गर्नको लागि प्रतयक्षतर्फ एक सांसद जित्नै पर्ने व्यवस्थाको प्रस्ताव समितिमा पेश गरेको थियो ।
उपसमितिको निर्णयमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले असहमति जनाएपछि राज्य ब्यवस्था समितिले बहुमतको आधारमा बुधबार नै विधेक पास गराएको हो ।
निर्वाचन आयोगले राजनीतिक दल सम्वन्धी ऐनको मस्यौदामा ३ प्रतिशत थ्रेस होल्डको प्रस्ताव गरेकोमा साना दलहरुको विरोधका कारण पास हुन सकेको थिएन ।  निर्वाचन सम्वन्धी अन्य विधेयक भने यस अघि नै पास भइसकेको थियो ।

प्रतिकृया

Add