गम्भीर घाइते बालिकाको हेलिकप्टरबाट उद्धार

 शनिबार, पुस २५, २०७७ | onlinenews
Share this

रामेछाप– दोरम्बा गाउँपालिका–४ खारपानीमा कुकुरले टोक्न आएरपछि भाग्ने क्रममा लडेर गम्भीर घाइते भएकी १३ वर्षिय बालिकाको हेलीकप्टरबाट उद्धार गरिएको छ । भाग्ने क्रममा बालिका लडेर गम्भीर घाइते भएपछि वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’ को पहलमा हेलीकप्टर मार्फत उद्धार गरिएको हो ।
चोट लागेको शरीरको भागबाट धेरै नै रगत बगेर बालिका बेहोस भएपछि वडा अध्यक्ष मगरको पहलमा हेलीकप्टर मार्फत उपचारको लागि काठमाडौं लगिएको हो ।
१३ वर्षिय बालिका प्रमिला मगरको हात भाँचिएर हड्डी र मासु छुट्टिएको छ भने शरीरको विभिन्न भागमा चोटपटक लागेको छ । गम्भीर घाइते बालिकाको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको दोरम्बा गाउँपालिका–४ का वडा सदस्य रोहित मगरले जानकारी दिए ।
विद्यालय जाने क्रममा प्रमिलालाई कुकुरले टोक्न आएपछि भाग्ने क्रममा अग्लो काँल्लाबाट लडेकी थिइन । उनी खारपानी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

Share this

प्रतिकृया

Add