टिआई नेपालको पहल, निर्माण स्थलमा सूचना पाटी

 मङ्लबार, माघ ६, २०७७ | onlinenews

सन्तोष ढुङ्गेल


२०७२ सालको भूकम्पले अतिप्रभावित जिल्लाहरु मध्य रामेछाप जिल्ला एक हो । वैशाख १२, १३ र २९ गतेको भूकम्पबाट रामेछाप जिल्लामा अन्य संरचनाबाहेक ४ सय १९ वटा शैक्षिक संस्थाहरुमा क्षति पुगेको थियो । भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुनर्निर्माणको कार्यलाई अभियानको रुपमा सञ्चालन गर्ने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मातहत रहने गरि २०७३ सालमा छुट्टै कार्यालय रहने गरि जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापको स्थापना गरिएको थियो । भूकम्पबाट रामेछाप जिल्लामा ४ सय १९ वटा सामुदायिक विद्यालयहरुमा क्षति पुगेको थियो ।
भूकम्पले क्षति पु¥याएको विद्यालयहरुको पुनर्निर्माण तीन वटा प्रक्रिया, निर्माण ब्यवसायि, विद्यालय ब्यवस्थापन समिति र गैरसरकारी संस्था मार्फत गरिएको थियो । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापको तथ्यांक अनुसार रामेछाप जिल्लामा पुनर्निर्माणमा परेका विद्यालयहरु मध्य १ सय ८१ वटा आधारभूत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । २ वटा निर्माणाधिन अवस्था रहेका छन् भने ३२ वटा विद्यालयहरु पुनर्निर्माणको प्रारम्भिक चरणमा रहेका छन् । त्यसैलरी माध्यमिक विद्यालयहरुमा ३७ वटा विद्यालयको पूनर्निर्माण सम्पन्न भएको भने १ वटा विद्यालय निर्माणाधिन अवस्था रहेको छ । त्यसैगरी १४ वटा माध्यमिक विद्यालयहरु पुनर्निर्माणको प्रारम्भिक चरणमा रहेका छन् ।
भूकम्पले क्षति पु¥याएर पुनर्निर्मामा परेको ७१ को शौचालयहरु मध्य २६ वटा शौचालय निर्माणको काम सम्पन्न भएको छ भने बाँकी निर्माणको क्रममा रहेको छ । त्यसैगरी ७८ वटा खानेपानी आयोजनाहरु निर्माणाधिन अवस्था रहेका छन् ।
भूकम्पले क्षति पुगेर पुनर्निर्माण भइरहेको विद्यालयहरुको अनुगमन टिआई नेपालले गर्दै आएको छ । अन्य निकायहरुले गरेको अनुगमन भन्दा टिआई नेपालले गरेको अनुगमन प्रभावकारी पाइएको छ । टिआई नेपाल अन्तर्राष्ट्रिय स्तरमा पारदर्शीताको क्षेत्रमा काम गर्दै आएको संस्था भएकोले पनि टिआई नेपालको उपस्थितिमा गरिएका अनुगमन तथा क्रियाकलाहरु निकै प्रभावकारी भएको पाइएको छ । रामेछाप जिल्लाको सन्दर्भमा विकास निर्माण होस् या पुनर्निर्माण कुनै पनि आयोजनाहरुको सूचना पार्टी पार्टी राख्ने प्रचलन एकदमै न्यून रहेको थियो । आयोजना निर्माण स्थलमा आयोजनाको लागत, अवधि, के–को निर्माण हुने लगायत सूचना निर्माण स्थलमा नराखि स्थानीयको आँखामा छारो हारेर कतिपय धेरैजसो आयोजनाहरुले आर्थिक अनियमितता तथा गुणस्तरहिन संरचना निर्माण गरिरहेको अवस्थामा निर्माण स्थलमा सूचना पाटी राख्नु सामाजिक जवाफदेहिताको औजारहरु अन्तर्गत पर्ने भएकाले त्यसलाई कार्यान्वयन गराउन टिआई नेपालले पहल गरेपछि अहिले प्रायजसो आयोजना स्थलहरुमा सूचना पाटी राखेको पाइन्छ । निर्माण आयोजनाहरुले आयोजना स्थलमा सूचना पार्टी अनिवार्य राख्नुपर्ने ब्यवस्थाको बारेमा टिआई नेपालले स्थानीयबासी वा उपभोक्तालाई समेत जानकारी दिई स्थानीयमा समेत जागरण आएको अवस्था छ । पुनर्निर्माण कार्यक्रम अन्तर्गत निर्माण भइरहेको विद्यालयहरु निर्माण स्थलमा पनि सुरुमा प्रायजसो विद्यालहरुमा सूचना पाटी राखिएको थिएन । तर, टिआई नेपालको पटक–पटकको अनुगमन, सूझाव र दवावपछि पुनर्निर्माण अन्तर्गत निर्माण भइरहेको सबै विद्यालयहरुमा सूचना पाटी राखिएको छ । जसमा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापले पनि तदारुकताका साथ काम गरिरहेको छ ।
पुनर्निर्माण भइरहेको जिल्लाका सबै विद्यालयहरुमा सूचना पार्टीलाई अनिवार्य राख्नु पर्ने सन्देश दिंदै टिआई नेपाल रामेछापको तर्फबाट निर्माण पक्ष र सम्बन्धित सरोकारवालाहरुसँग पटक–पटक छलफल गर्दै आएको छ । पटक–पटकको छलफल गर्दा पनि निर्माण स्थलमा सूचना पार्टी नराखेपछि टिआई नेपाल रामेछापको आयोजनामा सूचना पाटी नराखेका ६ वटा विद्यालय, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछाप र सम्बन्धित सरोकारवालाहरुको बीचमा छलफल गरेपछि ती विद्यालयहरुले सूचना पाटी राखेका छन् । टिआई नेपालको पहल र दवावपछि ती विद्यालयहरु सूचना पाटी राख्न बाध्य भएका हुन् । जसमा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापको पनि महत्वपूर्ण भूमिका रहेको छ । आयोजनाहरुको निर्माण स्थलमा सूचना पाटी राखिएपछि आयोजनाको सम्पूर्ण जानकारी नागरिकहरुले सहजै हेर्न र बुझ्न पाएका छन । सूचना पाटी राखिएपछि सूचना पाटीमा उल्लेखित विवरण बमोजिम काम भए वा नभएको विषयमा आम सरोकारवाला एवं नागरिकहरुले प्रश्न गर्न सहज हुने देखिन्छ । टिआई नेपालले सूचना निर्माण स्थलमा सूचना पाटी राख्न र सामाजिक जवाफदेहिताका औजारहरु कार्यान्वयनमा जोड दिन निरन्तर पहल गर्दै आएको छ ।

प्रतिकृया

Add