नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहले रामेछाप जिल्लाम छुट्टै पार्टी कार्यालय खोलेको छ । पार्टीभित्रको विवादसँगै दुई समूहमा विभाजन भएको नेकपा रामेछापको ओली समूहले जिल्ला पार्टीको छुट्टै कार्यालय खोलेको हो ।
पार्टी विभाजन हुन पहिलेको पार्टी कार्यालयमा प्रचण्ड माधव समूहले कब्जा जमाएपछि ओली समूहले छुट्टै कार्यालय खोलेको हो । पार्टी कार्यालय भाडामा रहेकाले आपूmहरुले विवाद नगरेको र छुट्टै कार्यालय खोलेको ओली समूह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताए ।
नेकपा रामेछापको दुई समूहले छुट्टाछुट्टै पार्टी कार्यालय खोलेको हो भन्ने जिज्ञासामा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूह रामेछापका इञ्चार्ज देवशंकर पौडेलले भने– रामेछापमा अर्को पार्टी कुन खुलेछ मलाई त थाहाँ छैन । पार्टी अध्याक्ष सचिव अहिले मसँगै छन्, अर्को नेकपा को ? रहेछ रामेछापमा उनले भने ।