डेरीमा दूध बेच्ने किसानलाई प्रति लिटर दुई रुपैयाँ अनुदान

 शुक्रबार, माघ ३०, २०७७ | onlinenews

रामेछाप– रामेछापको मन्थली नगरपालिकाले डेरीमा दूध बेच्ने पशुपालक किसानलाई प्रति लिटर दूधमा दुई रुपैयाँ अनुदान दिएको छ । गाई, भैसी पाल्ने किसानको संख्या घट्दै गइरहेको बेलामा पुशपालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले डेरीमा लगेर दूध बेच्ने किसानलाई नगरपालिकाले प्रति लिटर दुई रुपैयाँको दरले अनुदान दिएको हो ।
किसानलाई दूधमा अनुदान दिने मन्थली नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार ११ लाख भन्दा बढी नगद किसानलाई वितरण गरिएको मन्थली नगरपालिका पशु सेवा स्वास्थ्य शाखा मन्थलीका पशु सेवा प्राविधिक मुकुन्द खड्काले जानकारी दिए ।
मन्थली नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को स्वीकृति वार्षिक कार्यक्रम अनुसार भैसीहरुमा सुत्केरी स्याहार प्रोत्साहन भत्ता अनुदान सहयोग कार्यक्रम र गाई भैसीहरुको विमा गर्दा किसानले तिर्नुपर्ने २५ प्रतिशत विमा रकमको अनुदान सहयोग गरेको खड्काले जानकारी दिए ।
रामेछाप जिल्लामा प्रजनन् योग्य भैसीहरु मासु र ममको लागि बक्री गर्ने क्रम बढेकाले किसानहरुलाई प्रजनन् योग्य भैसी बिक्री नगर्न र भैसी पालनमा कृषकहरुलाई प्रोत्साहित गर्ने साथै भैसी सुत्केरी भएको अवस्थामा भिटामिन खुवाउने तथा राम्रोसँग दानापानी गरेर दूध बढाई कृषकको आर्थिक आम्दानी बढाउने उद्देश्यले सुत्केरी प्रोत्साहन भत्ता कर्यक्रम ल्याइएको खड्काको भनाई छ । दूधमा अनुदान दिएपछि पशुपालक किसानहरु बढेको पनि नगरपालिकाको जनाएको छ ।
नगरपालिकाले पशु विमामा सहुलियत र दूधमा अनुदान दिएपछि पुशपालक किसानहरु पनि खुसी भएका छन् । नगरपालिकाले प्रति लिटर दूधमा दुई रुपैयाँ अनुदान दिंदा पुशपालनमा आपूmहरुलाई उत्साहित बनाएको भन्दै नगरपालिकाले दिने अनुदान रकम बृद्धि हुनेमा पनि आपूmहरु आसावादी रहेको दूध किसान सञ्जीव रोकाले बताए ।

प्रतिकृया

Add