नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप– नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं श्रमिक तथा ट्रेड यूनियन विभागका प्रमुख शिव प्रसाद हुमागाइले साम्यवाद कहिल्यै पनि मानवमैत्री हुन नसक्ने बताए । कम्युनिष्टहरुको हृदय कठोर हुने भन्दै उनीहरु निरंकुश र तानाशाही भएको आरोप लगाए ।
नेपाली काँग्रेस अहिले आन्दोलनमा नरहेको तर आन्दोलनको लागि जनतालाई जागरण गराइरहेको नेता हुमागाइको भनाई थियो । प्रधानमन्त्री केपी ओलीले असंबैधानिक कदम चालेर संसद विघटको सिफारिस गरेकाले आन्दोलन गर्नु परेको हुमागाइले बताए । नेपाल तेश्रो ऐतिहासिक जनआन्दोलनको तयारीमा लागेको पनि नेता हुमागाइको भनाई थियो ।
प्रधानमन्त्रीलाई संवाद विघटन गर्ने अधिकार नेपालको संविधानको कुनै पनि पन्नामा लेखिएको छैन नेता हुमागाइले भने । संसदले प्रधानमन्त्रीलाई कहिल्यै पनि असहयोग नगरेको भन्दै केपी ओलीले पार्टीभित्रको विवादको कारण संसद विघटनको सिफारिस गरेको बताए ।
संसद पुनस्थापना भएन र बैशाखको १७ र २७ गतेको लागि तोकिएको निर्वाचन पनि नहुने स्थिति आएमा नेपाली काँग्रेसले निर्णायक अन्दोलन गर्ने नेता हुमागाइको भनाई थियो । संसद विघटनको विरुद्ध नेपाली काँग्रेस रामेछापले आयोजना गरेको विरोध कार्यक्रमलाई संवोधन गर्दै नेता हुमागाइले यस्तो बताएका हुन् ।
त्यसैगरी नेपाली काँग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्काले कम्युनिष्टहरुको शासन अन्त्य नभएसम्म काँग्रेसको आन्दोलन नरोकिने बताए । संसद पुनस्थापनाको माग गर्दै नेपाली काँग्रेसले आन्दोलन गरिरहेको भन्दै अदालतले पनि जनतनाको भावना अनुसारको निर्णय गर्नेमा आपूmहरु विश्वस्त रहेको बताए । अदालतले गरेको निर्णयको विरुद्धमा संसारका थुप्रै ठाउँहरुमा अभियान चलाइएको भन्दै नेपालको अदालले जनताको भावना अनुसार निर्णय गर्ने उनले बताएका हुन् ।