नेशनल पोल्टी फार्ममा आगलागि हुँदा लाखौंको क्षति

 आइतवार, फाल्गुन १६, २०७७ | onlinenews
Share this

रामेछाप– जिल्लाको रामेछाप नगरपालिका–८ विटारमा रहेको नेशनल बिडिङ्ग फार्ममा आगलागि हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । शनिबार राति अकास्मात आगलागि हुँदा ३ हजार ५ सय १७ वटा चल्लाहरु जलेर मरेका छन् ।
नेशनल बिडिङ्ग फार्मले अण्डा उत्पादनको लागि हालै थाइल्याण्डबाट ल्याएको चल्लाहरु राखिएको फार्ममा आगलागि भएको थियो । आगलागिमा परेर सो फार्ममा राखिएका सम्पूर्ण चल्लाहरु मर्नुका साथै लाखौं रुपैयाँ बराबरको सामानहरु पनि जलेर नष्ट भएको छ ।
शनिबार राति आगलागि भएको फार्म सञ्चालन रुद्रकुमार श्रेष्ठले जानकारी दिए । आगलागि भएको करिब आधा घण्टामा आगो नियन्त्रणमा लिन सफल भए पनि फार्ममा रहेको चल्ला र चल्लाका लागि प्रयोग गरिएको सामानहरु केहीपनि जोगान नसकिएको उनले बताए ।
आगलागि भएको फार्ममा अण्डा उत्पादनको लागि ल्याइएको बोइलर प्यारेन्ट कब ५०० प्रजातिका चल्लाहरु राखिएको थियो । सो चल्लाहरु थाइल्याण्डबाट नेपाल आइपुग्दा प्रति चल्ला एक हजार रुपैयाँ परेको फार्म सञ्चालनक श्रेष्ठले बताए ।


३ हजार ५ सय १७ वटा चल्लाहरु जल्दा ३५ लाख १७ हजार रुपैयाँ क्षति भएको छ भने चल्ला बाहेक १० लाख बराबरको क्षति भएको उनले बताए । अहिले तत्काल ४५ लाख रुपैयाँ बराबरको क्षति भएको देखिए पनि ब्यवसायिक रुपमा करोडौंको क्षति भएको उनको भनाई छ ।
२०७१ सालमा तीन जना युवाहरु मिलेर नेशनल फार्म मार्फत रामेछाप जिल्लामा पहिलो पटक ह्याचरी सञ्चालनमा ल्याएका थिए । रामेछाप जिल्लालाई कुखुराको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन जना युवाहरु रुद्रकुमार श्रेष्ठ नेपाली सेना, विश्वास श्रेष्ठ मावि विज्ञान विषय शिक्षक र भरत श्रेष्ठ तत्कालीन जिल्ला विकास समितिमा प्राविधिकको जागिर छोडेर पोल्टी ब्यवसायमा लागेका थिए । ह्याचरी सञ्चालन भएपछि रामेछाप जिल्ला कुखुराको मासुमा आत्मनिर्भर हुँदै आएको थियो । लकडाउनको कारण करोडौं घाटा ब्यहोरेका नेशनल बिडिङ्ग फार्मले आगलागिबाट पुनः लाखौंको क्षति ब्यहोर्नु परेको छ ।

Share this

प्रतिकृया

Add