दोरम्बामा गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

 शुक्रबार, फाल्गुन २१, २०७७ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप– दोरम्बा गाउँपालिकाले गाउँपालिका स्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ । गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता गाउँपालिकाको केन्द्र टोकरपुरमा आयोजना गरिएको हो ।
अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा कण्ठेश्वर माध्यमिक विद्यालय टोकरपुर प्रथम, सेतीदेवि माध्यमिक विद्यालय गुन्साल द्धितीय र काकलिङ्ग माध्यमिक विद्यालय दोरम्बा तृतीय भएका छन् । त्यसैगरी हाजिरीजवाफ प्रतियोगितामा सन्जीवनी आधारभूत विद्यालय, पात्ले, माध्यमिक विद्यालय रिष्ठे, सेतीदेवि आधारभूत विद्यालय, डोप्ला र खारपानी माध्यमिक विद्यालय खारपानी गौश्वाराको सहभागिता रहेको थियो ।


हाजिरीजवाफ प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई पुरस्कारको समेत ब्यवस्था गरिएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार ८ हजार रुपैयाँ नगद तथा २ हजार ५ सय रुपैयाँ बराबरको स्टेशनरी समान, द्धितीय पुरस्कार ६ हजार रुपैयाँ नगद तथा २ हजार रुपैयाँ बराबरको स्टेशनरी सामान र तृतीय पुरस्कारमा ४ हजार रुपैयाँ नगद तथा १ हजार ५ सय रुपैयाँ बराबरको स्टेशनरी प्रदान गरिएको दोरम्बा गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङले जानकारी दिइन । त्यसैगरी प्रतियोगितामा सहभागि सबै खोलाडीहरुलाई ७ सय रुपैया नगद र प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगिताका प्रथम, द्धितीय र तृतीय प्रतियोगीहरुलाई नगद र स्टेशनरी सामग्रीका साथै मेडल, ट्रफि र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

प्रतिकृया

Add