रामेछाप लिखु तामाकोसीको केउरेनीमा बस दुर्घटना ८ जना घइते

 शुक्रबार, असार १५, २०८१ | onlinenews
Share this

 

रामेछाप–रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–६ केउनेरी बिर्ताको लामपानीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
लिखु तामाकोसी गाउँपालिकाको गैरीबाट यात्रु लिएर खिम्तीतर्फ जादै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको गाडी दुर्घटना भएको स्थानीय नारायण नेपालीले जानकारी दिए ।
नेपालीका अनुसार गाडी सडकबाट केही तह रुखमा अड्किएको छ । गाडी रुखमा अड्किएर बसेकाले अप्रिय घटना भने हुन नपाएको नारायण नेपालीले बताए । गाडीभित्र रहेका बसै यात्रुहरुलाई बाहिर निकालिसकिको छ । प्रहरी घटना स्थलतर्फ गइरहेको बताइएको छ । घटनाको पूर्ण विवरण भने आउन बाँकी नै छ ।

Share this

प्रतिकृया

Add

Comments are closed.

1 COMMENTS