खिम्ती बस दुर्घटना अपडेट : घाइतेको सङ्ख्या १० पुग्यो

 शुक्रबार, असार १५, २०८१ | onlinenews
Share this

रामेछाप–रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–६ केउनेरी बिर्ताको लामपानीमा बस दुर्घटना परी घाइते हुनेको सङ्ख्या १० जना पुगेको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा सवारी चालक सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–५ पिस्करका ४० वर्षीय यादव खत्री, दोलखा जिल्ला भिमेश्वर नगरपालिका–५ का ४२ वर्षीय दिपक श्रेष्ठ, रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिका–६ का २१ वर्षीया सबिना श्रेष्ठ र उनको १ वर्षीया छोरा सुजता श्रेष्ठ रहेका छन् ।

त्यसैगरी सोही वडाका ४२ वर्षीया साबित्रा घिमिरे, ५७ वर्षका मानबहादुर श्रेष्ठ, ५० वर्षका टेकबहादुर श्रेष्ठ, १९ वर्षका झलकबहादुर श्रेष्ठ, ४४ वर्षकी शङ्खकुमारी तामाङ, र ४१ वर्षकी सकुन्तला श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । आज बिहान लिखु तामाकोसी गाउँपालिकाको गैरीबाट यात्रु लिएर खिम्तीतर्फ जादै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको गाडी दुर्घटना भएको भएको थियो ।

गाडी रुखमा अड्किएर बसेकाले अप्रिय घटना भने हुन नपाएको स्थानीय नारायण नेपालीले बताए । बसको बायाँ साइडको टायर माटो फिलिङ गरेको कच्ची सडकको बायाँ भागमा फसी सडक भासिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बस सडकबाट करिब २०÷२५ मिटर तल खसेको छ । दुर्घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी खिम्ती र जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी टोली घटनास्थलमा पुगी घाइतेहरुको उद्दार गरेका थिए ।

रामेछाप लिखु तामाकोसीको केउरेनीमा बस दुर्घटना ८ जना घइते

Share this

प्रतिकृया

Add